२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एयर इन्डियाको विमान केरलामा दुर्घटनाग्रस्त, १४ जनाको मृत्यु

एयर इन्डिया एक्सप्रेसको एक विमान केरलाको कोझिकोड विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। टाइम्स अफ इन्डियाका अनुसार दर्घटनामा १४ जनाको निधन भएको छ भने १२३ जना घाइते भएका छन्। घाइते मध्ये १५ जनाको अवस्था गम्भिर छ। विमान दुवईबाट आएको थियो। विमानमा चालक दलका सदस्य सहित १९१ जना सवार रहेको बीबीसीले जनाएको छ।

चालक दलका सात सदस्य रहेको विमानमा १० जना बालबालिका थिए। भारतको नागरिक उड्डयन मन्त्रालयका अनुसार दुर्घटना साँझ सात बजेर ४१ मिनेटको समयमा भएको थियो। विमान अवतरणको क्रममा रनवेमा आगो निस्किए पनि विमानमा आगो नलागेको बताइएको छ। दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै दु:ख व्यक्त गरेका छन्।

कांग्रेस नेता राहुल गान्धीले पनि ट्वीट गर्दै दुर्घटना दु:खद भएको बताएका छन्। नागरिक उड्डयन निर्देशनालय (डीजीसीए) ले घटनाको समय भिजिविलिटी कम भएको र ठूलो वर्षा भएको बताएको छ। डीजीसीएका अनुसार विमान दुई टुक्रा भएको छ।  

 

 

 

प्रकाशित: २३ श्रावण २०७७ १७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App