१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा कोरोना भाइरसबाट ८५ हजार संक्रमित

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या कम्तीमा पनि ८५ हजार पुगेको जानकारी दिइएको छ। यहाँ पछिल्लो समय ४ हजार ६८८ जना संक्रमित थपिएको शुक्रबार बिहान जानकारी दिइएको छ। ती पछिल्लो समयमा थपिएका संक्रमितसहित यहाँका संक्रमितको संख्या ८५ हजार पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सो मन्त्रालयले बुधबार मात्र यहाँ ४ हजार ६५ जना संक्रमित थपिएको जनाएको थियो। शुक्रबार बिहान ४ हजार ६८८ जना पुगेको बताइएको हो। यहाँ सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ७७० जना पुगेको बताइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले यो भाइरसबाट निको भएका व्यक्तिको संख्या ३० हजार १२८ रहेको पनि जनाएका छन्।  

यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो। यहाँमात्र कोरोनाका ३३ हजार संक्रमित भेटिएका छन्। त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो र त्यहाँ ३१ हजार संक्रमित पाइएका छन्।  

यहाँ कोरोना भाइरसका प्रभावितहरुको संख्या प्रति दिन बढिरहेको भए पनि यहाँका प्रधानमन्त्री इमरान खानले भने देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताएका छन्।

प्रकाशित: २३ जेष्ठ २०७७ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App