९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा जारी सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु

पाकिस्तानी सुरक्षा बलले उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको विभिन्न क्षेत्रमा गुप्तचर आधारमा गरेको सुरक्षा कारबाहीमा २३ जना आतंककारीलाई मारेको सेनाले जनाएको छ।  

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले आतङ्कवाद विरोधी अभियानको रूपमा प्रान्तको उत्तरी वजीरिस्तान र बन्नु जिल्लामा अपरेसन गरि रहेका बताएको छ। 

प्रान्तमा विभिन्न आतङ्कवादी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेका कारण मारिएका आतङ्कवादीहरूबाट हतियार, गोलाबारुद र ठूलो मात्रामा विस्फोटक उपकरणहरू पनि बरामद गरिएको जनाइएको छ।  

अभियानको क्रममा आइएसपिआरले आतङ्ककारीहरूले प्रयोग गरेको भूमिगत सुरुङ्ग र बङ्करहरू पनि सुरक्षा बलले पत्ता लगाएर नष्ट गरेको बताएको छ। अभियानले यस क्षेत्रका अन्य आतङ्ककारीहरूको नष्ट गर्ने प्रक्रिया जारी राखेको छ, सेनाले जनाएको छ।  

प्रकाशित: ८ जेष्ठ २०८३ १६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App