८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा २४ घण्टामा कोभिड–१९ सङ्क्रमितकोे सङ्ख्या झण्डै तीन हजार

इरानमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा करिब तीन हजार पुगेको छ।  

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरलाई उद्धृत गरी राष्ट्रिय समाचार संस्था आइआरएनएले समाचारमा लेखेको छ, “इरानमा सोमबार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका दुई हजार ९७९ विरामीसँगै कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५४ हजार ४४५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु भएका ८१ सङ्क्रमितसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या सात हजार ८७८ पुगेको छ।”  

विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार ३२७ व्यक्ति (७८ प्रतिशत) मा सङ्क्रमणका कारण कुनै समस्या नदेखिएका अर्थात् उनीहरू सामान्य विरामी रहेका छन्।

सोमबारसम्ममा इरानमा अझै दुई हजार ५७८ विरामी सङ्क्रणका कारण गम्भीर विरामी रहेको उल्लेख उक्त इरानी सञ्चारमाध्यमले जनाएको छ।

इरानी जनस्वास्थ्य अधिकारीका अनुसार इरानमा मे महिनाको सुरूवातसँगै सङ्क्रमितको सङ्ख्यामा व्यापक वृद्धि भएपछि देशभर लकडाउन गरी सङ्क्रमण नियन्त्रण प्रयासलाई जारी राखिएको थियो। पछिल्ला केही हप्तादेखि निश्चित शहरबाहेक अन्य क्षेत्रमा गतिविधिलाई केही खुकुलो पारिएको छ।

प्रकाशित: १९ जेष्ठ २०७७ १६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App