१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युगान्डामा स्कुल बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिका सहित २१ जनाको मृत्यु भएको छ।

ट्राफिक र सडक सुरक्षा निर्देशनालयका प्रवक्ता माइकल कानानुराले विज्ञप्ति जारी गर्दै युगान्डाको राजधानी कम्पालाको किङ डेभिड जुनियर स्कुलका विद्यार्थी बोकेको बस काप्चोर्वा जिल्लाको चेकवाटित गाउँमा दुर्घटना भएको बताए।

प्रारम्भिक अनुसन्धानले विद्यार्थीलाई कप्चोर्वाको सिपी फल्सको शैक्षिक भ्रमणमा लगिएको अवस्थामा दुर्घटना भएको जनाइएको छ।

भ्रमणबाट फर्कने क्रममा ड्राइभरले गाडीको नियन्त्रण गुमाउदा गाडी सडकबाट चिप्लिएर सडक किनारको ठूलो ढुङ्गामा ठोक्किदा भएको दुर्घटनामा ठुलो मावविय क्षति भएको कानानुराले पुष्टि रेका छन्।

दुर्घटनाको वास्तविक कारण बारे थाहा पाउनको लागि प्रहरीले अनुसन्धान सुरु गरिसकेको बताइएको छ।सिन्ह्वा

प्रकाशित: १ श्रावण २०८३ १४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App