२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा १४.७ प्रतिशत बेराजगारी

वासिङ्टन - अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ। कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापार बन्द भएकाले बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन्। अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा बढेर १४.७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ।

यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको जनाइएको छ।अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन्। गत मार्च महिनामा सात लाख दश हजार मानिसले रोजगारी गुमाएका थिए। कोरोना भाइरसको संक्रमण फैलिन जान थालेपछि सामाजिक दुरी कायम गर्नु पर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले करिब ३१ करोड घरमै बसेका छन्। हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको छ। 

अधिकारीहरुका अनुसार अमेरिकामा पहिलो पटक सवैभन्दा धेरै मानिसले बेरोजगारी भत्ताका लागि फाराम भरेका छन्। पछिल्लो विवरणमा ३ करोड ३० लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन्।बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका व्याकेजहरु पनि घोषणा गरेको छ।  एएनआई 

प्रकाशित: २७ वैशाख २०७७ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App