२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बलिउड अभिनेता ऋषि कपूरको निधन

काठमाडौं - बलिउडका अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरिएको थियो।

ऋषि कूपर दिग्गज अभिनेता राज कपूरका छोरा हुन्। ऋषि कपूरले आफ्नो फिल्मी करियरको सुरुवात १९७३ मा बाबी फिल्मबाट गरेका थिए। त्यसपछि श्री ४२० र मेरा नाम जोकरमा उनी देखिए।

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । बुधबार मात्रै बलिउड अर्का कलाकार इरफान खानको निधन भएको थियो।

प्रकाशित: १८ वैशाख २०७७ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App