१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अनुहार चिनिने प्रविधिमा रोक लगाउने तयारी

लण्डन (बीबीसी)– युरोपेली आयोगले सार्वजनिक स्थानमा अनुहार चिनिने प्रविधिलाई प्रतिबन्ध लगाउने सोचमा रहेको जनाएको छ। आयोगले पाँच वर्षसम्मका लागि उक्त प्रविधिलाई प्रतिबन्ध लगाउन सक्ने जनाएको छ। आयोगले यसबारे तत्कालै भने निष्कर्षमा नपुग्ने जनाएको छ। यो प्रविधिको दुरुपयोगलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयको निष्कर्षमा पुग्न केही समय लाग्न सक्ने आयोगले जनाएको छ। आयोगले सुरक्षासँग सम्बन्धित परियोजना तथा अनुसन्धान र विकासमा भने रोक नलगाने जनाएको छ। आयोगको १८ पृष्ठ लामो प्रतिवेदनमा अनुहार चिनिने प्रविधिमा रोक लगाउन सक्नेबारे उल्लेख गरिएको छ। प्रतिवेदनमा गोपनीयता तथा डेटासम्बन्धी विद्यमान कानुनी प्रावधानलाई थप बलियो बनाइने बारेमा उल्लेख गरिएको छ।

प्रतिवेदनले प्रविधि विकास गर्ने तथा आर्टीफिसियल इन्टेलिजेन्स प्रयोगकर्तालाई दायित्व सृजना गर्ने र युरोपेली संघअन्तर्गतका राष्ट्रहरूलाई नयाँ नियमको अनुगमन गर्ने निकाय स्थापना गर्न आग्रह गर्ने प्रस्ताव समेत गरेको छ।

बेलायतमा प्रहरीलाई सार्वजनिक निगरानीका लागि फेस चिनिने प्रविधि प्रयोग गर्न राजनीतिज्ञ र अभियानकर्ताहरूले रोक लगाउन आवाज उठाइरहेका बेला यस्तो प्रस्ताव आएको हो।

चीन सरकारले भने संघाईमा रहेका औषधि पसलहरूमा यो प्रविधिको सुरु गरेको छ। नियन्त्रण गरिएका औषधी खरिदकर्ताहरूले अनुहारको पहिचान प्रमाणित गर्नका लागि यस्तो प्रविधिको प्रयोग गरिएको जनाइएको छ। प्रतिबन्ध लगाइएका औषधी बनाउनमा रोक लगाउनका लागि चिनियाँ सरकारले यस्तो प्रविधिको प्रयोग गरेको हो। 

प्रकाशित: ६ माघ २०७६ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App