१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बोल्सोनारोद्वारा पार्टी परित्यागको घोषणा

रियो दी जेनेरियो (एजेन्सी) – ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले मंगलबार ‘सोसल लिबरल पार्टी’ (पिएसएल) बाट औपचारिक रूपमा अलग्गिने घोषणा गरेका छन्।

ब्राजिलको राष्ट्रपति हुन अवसर प्रदान गरेको ‘सोसल लिबरल पार्टी’बाट छुट्टिएर उनले नयाँ राजनीतिक दल खोल्ने तयारी गरेको उनी निकट स्रोतलाई उद्धृत गर्दै ब्राजिलियन सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि बोल्सोनारो पिएसएलमा गत वर्ष समाहित भएका थिए। पछिल्ला केही महिना बोल्सोनारो र पार्टी अध्यक्ष लुसियानो बिभरबीच केही तनाब चर्किएको थियो। बोल्सोनारो र बिभरबीचको विवाद बढ्दै गएपछि राष्ट्रपतिले नयाँ दल खोल्ने तयारी गरेको बताइएको छ।

ब्राजिलियन राष्ट्रपतिले ‘अलायन्स फर ब्राजिल’ नामक नयाँ पार्टी खोल्ने अनौपचारिक चर्चा भने यस पहिले नै भएका थिए। नयाँ दलको स्थापनाको घोषणा बिहीबार हुने अपेक्षा गरिएको छ। उक्त दलले आगामी मार्चसम्ममा राष्ट्रिय दलको रूपमा दर्ता प्रक्रियालाई पूरा गर्ने तयारी गरेको बताइएको छ।

बोल्सोनारो अलग्गिएपछि उक्त दलले एक भेला गरी बिभरलाई दलको सम्पूर्ण राजनीतिक नेतृत्व लिनेगरी जिम्मेवारी तोकेको छ।

प्रकाशित: ५ मंसिर २०७६ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App