२ कार्तिक २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा १९ जनाको मृ*त्यु, २५ घाइते

भारतको पश्चिम बंगालस्थित कोलकातामा शनिबार साँझ चोरबागान दुर्गा पूजा पण्डालमा भागदौड हुँदा १९ जनाको मृत्यु भएको छ। घटनामा दुई बालबालिकासहित १९ जनाको मृत्यु भएको हो भने २५ जना घाइते भएका छन्।

यद्यपि, कोलकाता मेडिकल कलेजका स्रोतले भने घटनामा २० जनाको मृत्यु भएको र ४५ जनाभन्दा बढी घाइते भएको दाबी गरेका छन्।

कोलकाता प्रहरीका अनुसार शनिबार साँझ वर्षा हुन थालेपछि पानीबाट जोगिन धेरै मानिस पण्डालभित्र ओत लागेका थिए। साँझ ७ बजेर ४० मिनेट जाँदा बाहिर रहेका मानिसले पनि पण्डालभित्र पस्ने प्रयास गरेपछि धक्कामुक्की भएको थियो। त्यसपछि भागदौड मच्चिएको प्रहरीले जनाएको छ।

घटनापछि पण्डालका बत्ती निभाइएको थियो भने मानिसको प्रवेशमा रोक लगाइएको थियो। सुरक्षाका कारण सहरका अन्य केही दुर्गा पूजा पण्डालसमेत बन्द गराइएको छ।

कोलकातामा दुर्गा पूजा मनाउन करिब तीन हजार पाँच सय पण्डाल निर्माण गरिएका छन्। चोरबागानको दुर्गा पूजा पण्डाल ९१ वर्ष पुरानो रहेको जनाइएको छ।

घटनासम्बन्धी जानकारी तथा सहयोगका लागि पश्चिम बंगाल सरकारले १८००३४५५६७८ हेल्पलाइन नम्बर जारी गरेको छ।

प्रकाशित: १ कार्तिक २०८३ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App