१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जेलभित्रै दुई समूहबिच पाँच घण्टा झडप: ५७ कैदीको मृत्यु, १६ को शीर छेदन गरियो

तस्बिरः रोयटर्स

काठमाडौं - जेलमा रहेको दुई समूहबिच झडप हुँदा ५७ जनाको मृत्यु भएको छ। ब्राजिलको पारा राज्यको एक जेलमा भएको झडपमा १६ जनाको शीर छेदन गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ। समाचारमा जनायएअनुसार दुई समूहबिच करिब पाँच घण्टासम्म झडम भएको थियो।

जेलको एकातर्फ रहेका कैदीहरु अर्कोतर्फ बसेका कैदीहरुको समूहमा पुगेपछि झडप भएको थियो। झडपको क्रममा जेलभित्रै आगो लगाइएको थियो र धुँवाको कारण श्वासप्रस्वासमा समस्या आएर पनि केहीको मृत्यु भएको बताइएको छ।

उक्त जेलमा क्षमताभन्दा बढि कैदीबन्दी रहेको समाचारमा जनाइएको छ।  गत मे महिनामा एकै दिन चार अलग-अलग जेलमा हिंसा हुँदा ४० जनाको मृत्यु भएको थियो।

प्रकाशित: १४ श्रावण २०७६ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App