१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेता नाभाल्नी ‘उपचारपछि’ जेल फिर्ता

रुसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी।

मस्को – रुसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीलाई अनुहारमा ‘एलर्जी’ को समस्या देखिएपछि मस्कोबाहिरको एक अस्पतालमा उपचारपछि पुनः जेल चलान गरिएको छ।
नाभाल्नीका निजी वकिल तथा चिकित्सकले भने उनलाई अज्ञात विषाक्त तत्व दिइएको सूचना उनले उपचार गरेको अस्पताल नम्बर ६४ बाट गोप्य रूपमा प्राप्त गरेको दाबी गरेका छन्।

नाभाल्नीको स्वास्थ्य अवस्थामा समस्या रहेकै समय पुनः जेल चलान गरिएको उनका वकिल होल्गा मिखाइलोभले सञ्चारकर्मीसँग बताए। नाभाल्नीलाई मुखमा एलर्जीको समस्या आएको भनी आइतबार अस्पताल भर्ना गरिएको थियो। शनिबार नै नाभाल्नीका समर्थकले स्थानीय निर्वाचनलाई स्वच्छ तथा निष्पक्ष बनाउनुपर्ने भन्दै गरेको प्रदर्शनीमा करीब एक हजार चार सय प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिपक्षी नेताका निजी चिकित्सक अनास्तासिया भाजिल्यभाले नेता नाभाल्नीको रोगको उपचार नहुँदै ‘माथिको आदेश’ भन्दै जेलमा फिर्ता पठाइएको दाबी गरेका छन्। उनले नाभाल्नीको शरीरमा कुनै ‘विषाक्त रासायनिक तŒव’ को प्रयोगका कारण एलर्जीको समस्या भएको आशंका व्यक्त गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। नाभाल्नीले कानुनविपरीत प्रदर्शनको आयोजना गरेको भन्दै अघिल्लो साता नियन्त्रणमा लिई जेलमा राखिएको थियो।

प्रकाशित: १४ श्रावण २०७६ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App