१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा २० लडाकु मारिए

कुन्दुज – सुरक्षा फौजको कारबाहीमा परी अफगानिस्तानमा थप २० भन्दा बढी लडाकु मारिएका छन्।  देशको उत्तरी कुन्दुज प्रान्तमा हवाई आक्रमण र स्थलमार्गमार्फत भएको आक्रमणमा परी ती तालिबान लडाकु मारिएका हुन्। सेनाका एक जना प्रवक्ता गुलाम हर्जात कारिमीले बुधबार दिएको जानकारीअनुसार मंगलबार राति अबेर आक्रमण भएको हो।

उनले इमाम सहिब जिल्लाको क्युर्घाम तापा क्षेत्रमा सरकारी सुरक्षाकर्मीले लडाकुलाई लक्षित गरेर आक्रमण गरेको जानकारी दिएका छन्।

प्रवक्ता कारिमीले लडाकुतर्फ थप दश जना घाइते भएको पनि बताए। तर सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा भने उनले केही बताएनन्। भिडन्त भइरहेको बेला घटनास्थलबाट सयौं स्थानीय बासिन्दा त्रासका कारण घर छाडेर भागेको प्रत्यक्षदर्शीले बताएका छन्।

 

प्रकाशित: २६ असार २०७६ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App