१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

'लाइभ शो' मै कुटिए पत्रकार(भिडियोसहित)

काठमाडौं - पाकिस्तानको एक टिभी च्यानलका पत्रकार 'लाइभ शो'मै कुटिएका छन्। 'के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो' मा सत्तारूढ दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता मसरूर अली सियालले पत्रकारलाइ कुटपिट गरेका हुन्।

उनले बहस चलिरहदा पत्रकारलाई धकेलेर भुइँमा लडाए। त्यसपछि पुन उठाएर गालामा थप्पड हाने। लाइभ शो मै भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। घटनापछि पीटीआईको आलोचना भइरहेको छ।

प्रकाशित: १० असार २०७६ ०५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App