१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खोकेको भन्दै ट्रम्पले कर्मचारीलाई बाहिर निकाले

न्यूयोर्क - खोकेको निहुँमा ट्रम्पले आफ्ना कर्मचारीलाई निष्कासित गरेका छन्। यो घटना शनिवारको  हो। जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विविसीलाई अन्तर्वार्ता दिइरहेका थिए। अन्तर्वार्ता दिइरहेका ट्रम्पले शुरुमा अफिसर मिक मुलवानेको खोकी बेवास्ता गरेको भए पनि दोस्रो पटक उनले आक्रोशीत स्वरमा भने ‘मलाई मन पर्दैन् बाहिर जानुस।’

सामान्यतया कक्षाकोठाबाट विद्यार्थीलाई बाहिर निकाल्ने गरिन्छ। तर डोनाल्ड ट्रम्पले भने व्हाइट हाउसमा काम गरिरहेका सिनियर कर्मचारीलाई खोके कै कारण बाहिर निकालिदिएका थिए। उनले भने ‘खोक्ने भए कोठाबाट बाहिर गएर खोक्नुस्।’ ट्रम्पको आदेश अनुसार मिक मुलवाने बाहिर निस्के र अन्तर्वार्ता पुनः सुचारु गरियो।

प्रकाशित: ३ असार २०७६ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App