८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सुडानमा राष्ट्रपति पदच्युत, सेनाले हातमा लियो शासन

सुडान– सुडानको सेनाले राष्ट्रपतिलाई पदच्युत गरेर सत्ता हातमा लिएको छ। करिब ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बशीरलाई पदबाट हटाएर नियन्त्रणमा लिइएको रक्षामन्त्री अवाद इब्न ओउफले सरकारी टेलिभिजनमा सम्बोधन गर्दै जनाकारी दिएका छन्।

बीबीसीका अनुसार मन्त्री ओउफले आगामी दुई बर्षे संक्रमणकालको जिम्मा सेनाले लिने र त्यसपछि निर्वाचन हुने स्पष्ट पारेका छन्। उनले देशमा तीन महिनाको लागि संकटकाल लागु गरिएको पनि उल्लेख गरेका छन्।

गत केही महिनायता सन् १९८९ देखि सुडानमा शासन गर्दै आएका राष्ट्रपति बशीरका विरुद्ध प्रदर्शनहरू हुँदै आएका थिए। उनीविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले सुडानको पश्चिमी डारफर क्षेत्रमा युद्ध अपराध गराएको र मानवता विरोधी अपराध गरेको आरोप लगाउँदै एक अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरेको थियो।

प्रकाशित: २८ चैत्र २०७५ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App