८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको छ’

फेब्रुअरी महिनामा भियतनामको हनोईमा भएको दोस्रो शिखर बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ) र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन। तस्बिर : एजेन्सी

सोल - राजधानी प्योङयाङनजिकै रहेको परीक्षण केन्द्रबाट उत्तर कोरियाले क्षेप्यास्त्र वा भूउपग्रहको तयारी गरिरहेको जस्तो तस्बिर बाहिरिएको छ। प्योङयाङनजिकैको परीक्षण केन्द्रको भूउपग्रहीय तस्बिरमा उत्तर कोरियाले त्यस्तो तयारी गरिरहेको जस्तो देखिएको बिबिसीले उल्लेख गरेको छ । 

उत्तर कोरियाको प्रमुख रकेट प्रक्षेपणस्थल सोहाई पुनर्निर्माणको कार्य भइरहेको भन्ने विवरण बाहिरिएको एक सातापछि पुनः राजधानी प्योङयाङनजिकैको सानमडङ परीक्षण केन्द्रबारे नयाँ विवरण बाहिरिएको हो। 

उत्तर कोरियाले आफ्ना प्रायजसो ब्यालेस्टिक क्षेप्यास्त्र र रकेट एसम्बल्ड गर्ने राजधानी प्योङयाङनजिकैको सानमडङ भनेर चिनिने सो परीक्षण केन्द्रमा पछिल्लो समय गतिविधि बढेको जस्तो भूउपग्रहीय तस्बिरमा देखिएको बताइएको छ । उत्तर कोरियाको प्रमुख रकेट प्रक्षेपणस्थल सोहाई पुनर्निर्माणको कार्य भइरहेको भन्ने विवरण बाहिरिएको एक सातापछि पुनः राजधानी प्योङयाङनजिकैको सानमडङ परीक्षण केन्द्रबारे नयाँ विवरण बाहिरिएको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच गत वर्षको जुन १२ का दिन एसियाली मुलुक सिंगापुरमा भएको पहिलो शिखर बैठकमा सहमति भएबमोजिम सोहाई परीक्षण केन्द्र ध्वस्त पार्ने कार्य सुरु भए पनि पछिल्लो समय वासिङ्टन–प्योङयाङबीचको वार्ता स्थगित भएपछि पुनर्निर्माणको कार्य सुरु भएको हुनसक्ने अनुमान गरिएको छ। 

उत्तर कोरियाले रकेट प्रक्षेपण केन्द्रको पुनर्निर्माण गरिरहेको भन्ने विषय पुष्टि भए त्यसले आफूलाई अत्यन्तै निराश बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बताएका थिए । ‘हाम्रो सहमतिविपरीत अध्यक्ष किमले केही नराम्रो गरे भने त्यसले मलाई आश्चर्यचकित र निराश बनाउने छ । तर के हुन्छ हामी राम्रोसँग हेर्ने छौं,’ ट्रम्पले शुक्रबार बताएका थिए । ‘यदि मैले उत्तर कोरियाले पुनः कुनै पनि प्रकारको हतियार परीक्षण गरेको देखें भनें त्यसले मलाई अत्यन्तै निराश बनाउने छ,’ ट्रम्पलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको थियो। 

पछिल्लो समय बाहिरिएको भूउपग्रहीत तस्बिरमा उत्तर कोरियाले कुनै पनि प्रकारको आणविक हतियार वा ब्यालेस्टि क्षेप्यास्त्रको परीक्षणभन्दा पनि भूउपग्रहको परीक्षणको तयारी गरिरहेको जस्तो देखिएको विश्लेषकहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। यद्यपि भूउपग्रह प्रक्षेपण गर्नु पनि उत्तर कोरियाले अमेरिकी राष्ट्रपति ट्रम्पसँग गरेको प्रतिबद्धताविपरीत हुने यसै साताको सुरुवातमा अमेरिकी राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै बताएको थियो । 

सानमडङमा के भइरहेको छ ?
सानमडङ क्षेत्रमा ठूला सवारीसाधनको चहलपहल भूउपग्रहीय तस्बिरमा देखिएका छन् । जसको अर्थ उत्तर कोरियाले कम्तीमा सो क्षेत्रबाट केही न केही परीक्षण गर्न लागेको वा क्षेप्यास्त्र वा रकेट प्रक्षेपण गर्न लागेको जस्तो देखिएको छ । अमेरिकाको सार्वजनिक रेडियो नेटवर्क एनपिआरले ती तस्बिरहरु सार्वजनिक गरेको हो । 

यद्यपि बिबिसीका अनुसार परीक्षण केन्द्रको पुनर्निर्माण कार्य गरेर प्योङयाङले आफूसँग हतियार बनाउन सक्ने प्रविधि रहेकोबारे वासिङ्टनलाई सम्झाउन चाहेको हुन सक्ने बताएको छ । दक्षिण कोरियाको राजधानी सोलमा रहेकी बिबिसी संवाददाता लाउरा बिकरका अनुसार भियतनामको हनोईमा गत महिनाको अन्त्यतिर भएको अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको शिखर बैठक कुनै सम्झौताबिना टुंगिएपछि वासिङ्टनले केही नयाँ प्रस्ताव ल्याओस् भनेर प्योङयाङले परीक्षणको कार्य गरेको हुनसक्छ । 

लामो समयदेखि प्रतीक्षा गरिएको ट्रम्प–किमबीच फेब्रुअरी २७ र २८ का दिन भियतनामको हनोईमा भएको शिखर बैठक कुनै सहमतिबिनै सम्पन्न भएको थियो । प्योङयाङमाथि लाग्दै आएको प्रतिबन्धलाई केही खुकुलो पार्नुपूर्व उत्तर कोरियाले आणविक कार्यक्रमलाई कतिको कम गर्छ भन्नेमा कुरा नमिलेपछि दुई नेताबीचको बैठक बिना सहमति टुंगिएको थियो । 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App