१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

तेहरान – इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गरेकोसरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ। ‘तपाईंको राजीनामा देश हितमा छैन र त्यसलाई अस्वीकृत गरिएको छ,’ राष्ट्रपति रौहानीले भनेका छन्।

जारिफले सोमबार सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताएका थिए। उनले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न नसकेकामा माफी पनि मागेका थिए।

जारिफले आफूले जनताको चाहनाअनुसार काम गर्न नसकेकाले पदबाट राजीनामा दिएको भन्दै इन्स्टाग्राममा स्टाटस लेखेका थिए। उनले सन् २०१५ मा विश्वका शक्ति राष्ट्र र अमेरिकाबीचको आणविक सम्झौताको समयमा महत्वपूर्ण भूमिका खेलेका थिए।

उनले अहिले किन राजीनामा दिएका हुने भन्ने बारेमा केही जानकारी दिइएको छैन। विदेशमन्त्री जारिफले सन् २००२ देखि सन् २००७ सम्म इरानका लागि संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि भएर पनि काम गरेका थिए।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App