१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इमरानले भनेः भारतले हाम्रो शक्ति देख्यो, युद्ध मोदीको ‘कन्ट्रोल’मा हुनेछैन

इस्लामावाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले युद्धबाट समाधान ननिस्कने बताएका छन्। काश्मिरको पुलवामा घटनालाई लिएर भारतले आक्रमण सुरु गरेपछि मंगलवार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री खानले भारतका लडाकु विमान खसालेर पाकिस्तानले आफ्नो शक्ति देखाएको टिप्पणी गरे। 

‘जब हिजो विहान भारतका तर्फबाट कारवाही भयो, हामीले समीक्षा ग-यौं र आज विहान जवाफी कारवाही ग-यौं। हाम्रो कुनै पूर्वयोजना थिएन’, उनले भने, ‘हामी हिन्दूस्तानलाई यति बताउन चाहन्थ्यौ कि हामीमा क्षमता छ, तपाईहरु हाम्रो मुलुकमा आउन सक्नुहुन्छ भने हामीहरु पनि तपाईको देशमा गएर आक्रमण गर्नसक्छौं। यसको उद्देश्य यति मात्रै हो।’

उनले हतियार र युद्धबाट समस्याको समाधान ननिस्कने भन्दै भारतसँग पुनः वार्ताको प्रस्ताव गरे। उनले भारतको ‘मिस क्यालकुलेसन’बाट उत्पन्न दुर्घटना नरेन्द्र मोदीको नियन्त्रणमा नरहने पनि स्पष्ट पारे। ‘म फेरि आग्रह गर्न चाहन्छु कि पुलवामा घटनाबाट जे क्षती हुन पुगेको छ, त्यसलाई लिएर हामी आतंकवादविरुद्ध वार्ता गर्न तयार छौं। अहिलेको समयमा वार्तामा बसेर समस्याको समाधान खोज्नु प्रमुख आवश्यकता हो’, उनले भने। 

यस्तो थियो इमरानको सम्बोधनः

पुलवामा घटनाबारे छानविनका लागि आग्रह ग-यौं। पूर्ण रुपमा सहयोग गर्छाैं। किनकी आतंकवाद पाकिस्तानको स्वार्थ होेइन। तर भारतले आक्रमण ग-यो। 

मलाई शंका थियो भारतले केही कदम उठाउने छ। त्यसकारण मैले अघिल्लो सम्बोधनमै भनेको थिए, भारतले एक्सन लिए हामी बाध्य हुनेछौं प्रतिक्रिया दिन। 

कुनै पनि सार्वभौम राष्ट्रमाथि कारवाही गर्ने अधिकार कसैले दिँदैन। मलाई शंका यसकारण थियो कि भारतमा निर्वाचन आउँदैछ। उसले एक्सन लियो, हामीले जवाफ कारवाही ग-यौं। 

जब हिजो विहान भारतका तर्फबाट कारवाही भयो, हामीले समीक्षा ग-यौं र आज विहान जवाफी कारवाही ग-यौं। हाम्रो कुनै पूर्वयोजना थिएन। हामी हिन्दूस्तानलाई यति बताउन चाहन्थ्यौ कि हामीमा क्षमता छ, तपाईहरु हाम्रो मुलुकमा आउन सक्नुहुन्छ भने हामीहरु पनि तपाईको देशमा गएर आक्रमण गर्नसक्छौं। यसको उद्देश्य यति मात्रै हो। आज भारतका २ लडाकु विमानले सीमा पार गरे। पाकिस्तानले शुटआउट ग-यो। पाइलट हाम्रो नियन्त्रणमा छन्। 

अब यो जरुरी छ कि हामी कतातिर जान्छौं, म हिन्दूस्तानलाई सोध्न चाहन्छु। यहाँनेर थोरै बुद्धिविवेकको प्रयोग गर्न जरुरी छ। संसारमा जति पनि युद्ध भए सबैमा मिस क्यालकुलेसन भयो। यसैकारण उनीहरुले सोचेनन कि युद्ध कतातिर जाँदैछन्। 

पहिलो र दोस्रो विश्वयुद्धको उदाहरण दिँदै उनले भारतलाई सोधे, ‘के जो हतियार तपाईसँग छ, हामीसँग पनि छ। मिस क्यालकुलेसन बहन गर्न सक्छौं? के हामीले अहिले सोच्नुपर्दैन। यो दुर्घटना भयो भने कता जान्छ? न मेरो नियन्त्रणमा हुन्छ, न नरेन्द्र मोदीको।  

त्यसकारण म फेरि आग्रह गर्न चाहन्छु कि पुलवामा घटनाबाट जे क्षती हुन पुगेको छ, त्यसलाई लिएर हामी आतंकवादविरुद्ध वार्ता गर्न तयार छौं। अहिलेको समयमा वार्तामा बसेर समस्याको समाधान खोज्नु प्रमुख आवश्यकता हो। 

प्रकाशित: १५ फाल्गुन २०७५ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App