५ आश्विन २०७७ सोमबार
अन्तर्राष्ट्रिय

आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज

वासिङ्टन- विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ। ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम ल्याएको थियो। 

नौ सदस्यीय अमेरिकी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जोन रोबर्ट सहित पाँच न्यायाधीशले ट्रम्पको आग्रहलाई अस्वीकार गरेका हुन्। ट्रम्प प्रशासनले भने मध्यअमेरिकी आप्रवासीहरुको आगमन मुलुकका लागि बेफाइदा हुने जनाएको छ। सिन्ह्वा

प्रकाशित: ७ पुस २०७५ १९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App