coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुम्बईको अस्पतालमा भीषण आगलागी, ८ जनाको मृत्यु

मुम्बई - भारतको मुम्बईस्थित एक सरकारी अस्पतालमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीमा परी ८ जनाको मृत्यु  छ भने झन्डै १ सय ५० जना घाइते भएका छन्। 

आगलागी नियन्त्रणमा लिनका लागि ठूलो संख्या दकमल र प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उपनगरीय अंधेरीको मरोलमा रहेको इएसआईसी कामगार अस्पतालमा अकस्मात आगो सल्किएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घाइतेहरुलाई भ-याङ्गको सहायताले अस्पतालको फरक फरक तलाबाट उद्धार गरिएको थियो। आगलागी सबैभन्दा तल्लो तल्लाबाट सुरु भएको थियो भने ज्यान गुमाउने अधिकांश तल्लो तलाका नै रहेको जनाइएको छ । आगो लागेपछि अस्पतालको माथिल्लो तल्लाबाट हामफालेर धेरै घाइते भएका छन् । घाइते मध्ये एक दर्जनको अवस्था चिन्ताजनक रहेको मुम्वई प्रहरीले जनाएको छ। 

त्यस्तै ज्यान गुमाउनेको परिवारलाई त्यहाँको सरकारले क्षतिपूर्ति दिने घोषणा गरेको छ। केन्द्रीय श्रम एवं रोजगार राज्यमन्त्री संतोष गंगवारले ज्यान गुमाउनेको परिवारलाई १० लाख र घाइतेलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका हुन् । त्यस्तै उनले सामान्य घाइतेहरुलाई एक लाख रुपैयाँ दिने घोषणा गरे। अस्पतालमा आगो के कारणले लागेको हो त्यसको अनुसन्धानका लागि उनले समितिसमेत गठन गरेका छन्। 
 
 

प्रकाशित: ३ पुस २०७५ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App