१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्चः चीन

बेइजिङ– व्यापारिक तनाबका बीच नोभेम्बरमा चीनको अमेरिकासँगको ब्यापार नाफा उच्च रहेको बेइजिङले जनाएको छ। चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्कअनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ। 

'यो बर्षको नोभेम्बरमा चिनियाँ समानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि देखिएको छ भने आयातमा २५ प्रतिशतको गिरावट आएको छ,' तथ्याङ्कमा भनिएको छ। अमेरिकासँगको व्यापारबाट भएको नाफा यसै बर्षको अक्टोबरमा ३१ अर्ब ८० करोड डलर देखिएको थियो।

चीन–अमेरिकाबीच देखिएको व्यापार विवादका कारण अमेरिकाले चिनियाँ सामानमाथि अतिरिक्त कर वृद्धि गरेको भएपनि व्यापारमा यसको प्रभाव अपेक्षा गरिएभन्दा अझ सकारात्मक देखिएको चीनको दावी छ। सन् २०१८ को ११ महिनामा चीनको अमेरिकासँगको व्यापार नाफा २ खर्ब ९३ अर्ब ५० करोड डलर रहेको र अघिल्लो बर्षको सोही अवधिमा व्यापार नाफा दुई खर्ब ५१ अर्ब ३० करोड रहेको चिनियाँ अधिकारीले दावी गरेका छन् । 

 

प्रकाशित: २२ मंसिर २०७५ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App