८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ब्रेक्जिट सम्झौतामा हस्ताक्षर, बेलायत बाहिरिने बाटाे खुल्याे

ब्रसेल्स– युरोपेली युनियन परिषदले ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गरेको छ। ब्रसेल्समा आइतवार आयोजित विशेष समारोहमा (इयु)का २७ सदस्य राष्ट्रका प्रतिनिधिको उपस्थितीमा अध्यक्ष डोनाल्ड टस्कले सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि अध्यक्ष टस्कले बेलायतको बहिर्गमन सम्झौता र राजनीतिक घोषणापत्रलाई इयुका २७ सदस्य राष्ट्रले अनुमोदन गरेको जानकारी दिएका छन्। 

यद्यपी बेलायती बहिर्गमनको विपक्षमा रहेका अध्यक्ष टस्कले सम्झौतामा हस्ताक्षर गर्नुअघि ब्रेक्जिट योजनाबाट कोही पनि खुशी नरहेको प्रतिक्रिया दिएका थिए। यस्तै, बेलायती प्रधानमन्त्री थेरिसा मेले यो सम्झौताबाट बेलायतको ‘सुन्दर भविष्य’ हुने दाबी गरेकी छिन्। 

विगत १७ महिनादेखिको घनीभूत छलफल पश्चात तयार यस सम्झौताले वित्तीय विषयहरु, नागरिकको अधिकार, उत्तरी आयरल्यान्ड र सङ्क्रमणकालीन व्यवस्थालाई समेटेको छ। साथै, सम्झौताले युरोपको भावी सुरक्षा र व्यापारिक सम्बन्धका बारेमा पनि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ। तैपनि, यो अन्तिम चरण भने होइन। बेलायती संसद ‘हाउस अफ कमन्स’ले आगामी मार्च २९, २०१९ अघि उक्त सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ। धेरै सांसदले ब्रेक्जिट सम्झौतालाई स्वीकार गर्न नसकिने चेतावनी दिइरहेका छन्। प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टी र त्यसको समर्थक नर्दन आइरिस पार्टीले सम्झौताप्रति समर्थन नगर्ने जनाएका छन्। 

आइतबार प्रधानमन्त्रीले देशलाई सम्बोधन गरी जारी गरेको खुला पत्रमा सन् २०१६ को जनमतसङ्ग्रहले युरोपेली युनियनबाट बेलायतको बहिर्गमनलाई स्वीकृति दिइसकेको बताउँदै प्रस्तावित ब्रेक्जिट सम्झौता मुलुकको सुन्दर भविष्यका लागि भएको उल्लेख छ।

प्रकाशित: ९ मंसिर २०७५ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App