भदौ १० गते नेपाल–तिब्बत सीमामा विनाशकारी बाढीपछि चीनमा १६ जनाको शव फेला परेको छ।
चीनका अधिकारीहरूले हालसम्म १६ जनाको शव फेला परेको जानकारी दिएको हो।
बाढीमा परी चीनतर्फबाट ५४६ जना बेपत्ता भएको जानकारी दिँदै २६१ जना २३ देशका विदेशी रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ।
खोजी तथा उद्धार टोलीहरू अझै पनि सीमामा रहेको हिलो र भग्नावशेषमा खोजी गरिरहेका छन् तर अहिलेसम्म कोही पनि जीवित फेला नपरेको चीनिया सञ्चारमाध्यमले जनाएको छ।
काठमाडौंबाट तिब्बतको पवित्र कैलाश मानसरोवरसम्म पदयात्रा गर्ने पर्यटकहरूका लागि जिरोङ बन्दरगाह मुख्य क्रसिङ पोइन्ट हो।
यसैबीच, पहिरोको भग्नावशेषको बीचमा बनेको तालबाट उत्पन्न खतरा अहिलेको लागि कम भएको बताइएको छ। यद्यपि अधिकारीहरूले अझै पनि थप पहिरोको जोखिम रहेको बताएका छन्।
सीमामा उद्धार टोलीहरूलाई सतर्क गराउन अनुगमन स्टेशनहरू स्थापना गरेका छन्।
यता, नेपालतर्फ पनि उद्धार कार्य जारी छ। नेपालमा हालसम्म ७३४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसबाट २६९९ जनाको उद्दार भएको छ।
प्रकाशित: १४ भाद्र २०८३ १२:२४ आइतबार





