१४ माघ २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने

बेइजिङ- चीनका राष्ट्रपति सी जिनपिङ अर्को साता रसियामा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुने चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएकाे छ। जापान र दक्षिण कोरियाका प्रधानमन्त्रीहरु पनि सहभागी हुने उक्त सम्मेलनमा उत्तर कोरियाली नेता किम जोङ उनलाई पनि आमन्त्रण गरिएको छ। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किमलाई रुसको भ्लाडिभोस्टकमा आयोजना हुने पूर्वी आर्थिक मञ्चमा सहभागी हुन आमन्त्रण गरेका छन्। सम्मेलन यही सेप्टेम्बर ११–१३ मा हुँदैछ। किमले भने सहभागिताका बारेमा घोषणा गरेका छैनन्, तर उनको सहभागिताले अन्तर्राष्ट्रिय जगतमा प्योङयाङको उपस्थिति बलियो हुनेछ। 

चिनिया अधिकारीहरुले सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले अरु नेताहरुसँग अलगअलग भेट गर्ने नगर्ने स्पष्ट भइनसकेको बताए। चीनका विदेश सहायक मन्त्री झाङ हानहुइले अरु मुलुकबाट भेटघाटको प्रस्ताव आए त्यसलाई सकारात्मक लिइने संवाददाताहरुलाई बताए। यसै वर्ष उत्तर कोरियाली नेता किमसँग राष्ट्रपति सीले तीन पटक भेट गरिसकेका छन्।

राष्ट्रपति सीले चिनियाँ वरिष्ठ सांसद ली झान्सुलाई यही साता उत्तर कोरियाको ७०औं वार्षिकोत्सवमा सहभागी हुन प्योङयाङ पठाएका छन्। यो वार्षिकोत्सवमा चिनियाँ राष्ट्रपति सहभागी हुने धेरैले अनुमान लगाएका थिए। 

उत्तर कोरियाका सन्दर्भमा “रोलर–कोस्टर कुटनीति” अवलम्बन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मात्र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी वार्ता जीवितै रहेको सङ्केत गरेका छन्।

राष्ट्रपति सी भ्लाडिभोस्टकमा मङ्गलबार र बुधबार रहनेछन्। रसियाले आयोजना गरेको वार्षिक आर्थिक मञ्चको बैठकमा चिनियाँ नेताको यो पहिलो सहभागिता हो। 

प्रकाशित: २२ भाद्र २०७५ १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App