१३ माघ २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले रूसलार्इ प्रतिबन्ध लगाउने

तस्बिर : एजेन्सी

 वासिङटन - पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ।

बेलायतको एक अनुसन्धानले नर्व एजेन्ट हमलामा रुस दोषी रहेको ठहर गरेपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको हो। तर रुसले भने आक्रमणमा संलग्नता नरहेकाे बताउँदै अाएकाे छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नार्टले रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै रासायनिक हतियारको प्रयोग गरेकाले रूसमाथि प्रतिबन्ध लगाइने बताए। प्रतिबन्ध  अाउँदाे अगस्ट २२ देखि लागू हुने जानकारी उनले दिए। यो प्रतिबन्ध इलेक्ट्रिोनिक सामान र अन्य प्रविधिहरु निर्यातसँग सम्बन्धित हुने छ।

प्रकाशित: २४ श्रावण २०७५ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App