७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता

तस्विर : एजेन्सी

थाइल्याण्ड- दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।

बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ।

दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये अधिकांश चिनियाँ पर्यटक रहेको अधिकारीहरूले जनाएका छन् ।डुङ्गामा धेरैजसो चिनियाँ नागरिक रहेको सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले पनि पुष्टी गरेका छन् ।

थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले धेरैलाई उद्धार गरिएको र हराईरहेकाहरुको खोजी भईरहेको जानकारी दिए।हराएकाको खोजीका लागि थाइ प्रहरी, सैनिक, नौसेना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको थाइ सरकारी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित: २३ असार २०७५ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App