१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसमा शक्तिशाली भूकम्प, सूनामीको चेतावनी

रुसको पूर्वी कामचाट्का प्रायद्वीपको समुद्री क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि सूनामीको चेतावनी जारी गरिएको छ।संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र  रुसको पेट्रोपाभ्लोभ्स्क–कामचाट्स्की सहरबाट १३६ किलोमिटर (८४ माइल) पूर्वमा रहेको छ । 

जापानको मौसम विज्ञान एजेन्सीले सूनामीको चेतावनी जारी गर्दै करिब १ मिटर अग्ला छाल आउन सक्ने बताएको छ।प्रशान्त सुनामी चेतावनी केन्द्रले पनि हवाई राज्यका लागि “सुनामी वाच“ घोषणा गरेको छ।

कामचाट्का प्रायद्वीप नजिकै दशकोंपछि आएको शक्तिशाली भूकम्पपछि हालसम्म कुनै घाइते नभएको जानकारी दिइएको छ। तर सकालिन क्षेत्रको एउटा सानो सहर ‘सेभोरो–कुरिल्स्क’ मा सुनामी चेतावनीपछि खाली गराइएको छ।

कामचाट्का प्रदेशका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा राखेको भिडियोमा भने, ‘आजको भूकम्प गम्भीर थियो र पछिल्ला दशकोंकै सबभन्दा शक्तिशाली हो।’प्रारम्भिक जानकारी अनुसार कुनै पनि घाइते नभए पनि एक बालबालिकाको विद्यालयमा क्षति पुगेको उनले बताए। एजेन्सी

प्रकाशित: १४ श्रावण २०८२ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App