५ असार २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूस विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये एक : राष्ट्रपति पुटिन

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार एक बैठकमा सम्बोधन गर्दै रूस अझै विश्वका प्रमुख हतियार निर्यातकर्ता देशहरूमा अग्रस्थानमा रहेको बताए। उनले रूसी सैनिक उपकरण र हतियारको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेको उल्लेख गरे।

उनले भने, ‘रूसले विश्वको हतियार बजारमा शीर्ष पाँच राष्ट्रको स्थानमा आफूलाई राख्न सफल भएको र धेरै क्षेत्रमा प्रमुख निर्यातकर्ताका रूपमा अग्रसर रहँदै आएको छ।’

यो कुरा पुटिनले सैनिक-प्राविधिक सहकार्यसम्बन्धी बैठकमा भनेका हुन्। 

टेलिभिजनबाट प्रसारित सम्बोधनमा उनले सन् २०२४ मा रूसले हतियार निर्यातका लगभग सबै प्रतिबद्धता पूरा गरेको बताए। साथै, उनले भने, ‘रूसी सैन्य उत्पादनको माग निकै उच्च छ र हाल अर्बौँ डलरको अर्डर छ।’

उनले सरकारी निकायहरूलाई हतियार निर्यात बढाउन आवश्यक नीति र सरकारी समर्थन कार्यक्रम अघि बढाउन निर्देशन दिए।

राष्ट्रपतिका अनुसार, रूसी सैनिक उपकरण र हतियारको गुणस्तरमा निरन्तर सुधार भइरहेको छ र देशको सैन्य-औद्योगिक क्षेत्रको मुख्य जिम्मेवारी रूसको विशेष सैन्य अभियानका लागि आवश्यक सामग्रीको भरपर्दो आपूर्ति गर्नु हो।

उनले रूसी उत्पादनको गुणस्तर र कार्यक्षमताले अन्तर्राष्ट्रिय बजारमा विश्वास कमाइरहेको र यसले निर्यात विस्तारको सम्भावना बलियो बनाएको बताए। सिन्ह्वा

प्रकाशित: १० जेष्ठ २०८२ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App