१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय एक व्यक्तिलाई बिहीबार घातक सुई (लेथल इन्जेक्सन) द्वारा मृत्युदण्ड दिइने भएको छ।

सन् १९९५ को नोभेम्बरमा टिना मेरी क्रिब्सको हत्या गरेको अभियोगमा ग्लेन रोजर्सलाई स्थानीय समयानुसार साँझ ६:०० बजे फ्लोरिडा स्टेट जेलमा मृत्युदण्ड दिइने भएको हो।

दुई बच्चाकी आमा ३४ वर्षीया क्रिब्सको छुरा प्रहार गरी हत्या गरिएको थियो र उनको शव होटलको ‘बाथटब’मा फेला परेको थियो।

रोजर्सलाई सोही वर्ष क्यालिफोर्नियामा ३३ वर्षीया सान्ड्रा गालाघरको हत्यामा पनि दोषी ठहर गरिएको थियो र उनी मिसिसिपी र लुइसियानामा कम्तीमा दुई अन्य महिलाको हत्यामा संदिग्ध थिए।

संयुक्त राज्य अमेरिकामा यस वर्ष १५ जनालाई मृत्युदण्ड दिइएको छ जसमध्ये ११ जनालाई घातक सुईद्वारा, दुई जनालाई गोली हानी र अन्य दुई जनालाई नाइट्रोजन ग्याँसको प्रयोग गरी मृत्युदण्ड दिइएको थियो।

अमेरिकाका ५० राज्यमध्ये २३ राज्यमा मृत्युदण्डको सजाय अन्त्य गरिएको छ भने क्यालिफोर्निया, ओरेगन र पेन्सिलभेनियामा मृत्युदण्डको व्यवस्था कायम छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प मृत्युदण्डको समर्थक हुन् र उनले आफ्नो कार्यकालको पहिलो दिन ‘घृणित अपराधका लागि’ यसको प्रयोग विस्तार गर्न आह्वान गरेका थिए। एजेन्सी

प्रकाशित: २ जेष्ठ २०८२ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App