पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारले शनिबार पाकिस्तान र भारतबीच तत्काल प्रभाव हुने गरी युद्धविराममा सहमति बनेको घोषणा गरेका छन्।
उनले पाकिस्तान सधैं क्षेत्रीय शान्ति र सुरक्षाको पक्षमा रहे पनि आफ्ना राष्ट्रिय हितमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
डारले एक्स (ट्वीटर) मा लेखेका छन्, ‘‘पाकिस्तान र भारत तत्काल प्रभावबाट लागू हुने युद्धविराममा सहमत भएका छन्। पाकिस्तानले सधैं क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रयास गर्दै आएको छ, तर आफ्नी सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कहिल्यै सम्झौता गरेको छैन।’’
यसअघि भारतका विदेशमन्त्री एस. जयशंकरले पनि दुवै देशबीच सैन्य कारबाही रोक्ने समझदारी बनेको पुष्टि गरेका थिए।
प्रकाशित: २७ वैशाख २०८२ १८:५८ शनिबार