१५ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तानबीच बढ्दो तनाव : कमजोर बन्यो भारतीय रुपैयाँ

भारत र पाकिस्तानबीचको तनाव तीव्र बन्दै जाँदा दुवै देशका सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। मुंबईमा भारतको मुख्य सूचकांक सेन्सेक्स र निफ्टी झण्डै ०.५ प्रतिशतले घटेका छन्।

पाकिस्तानमा कराची स्टक एक्सचेन्ज केएसई१०० सूचकांक ६ प्रतिशतभन्दा बढीले घटेको छ ।  

दुई देशबीच चुलिएको तनावका कारण भारतीय रुपैयाँ कमजोर बन्न थालेको छ । भारतीय रुपैँयाको मूल्य अमेरिकी डलरको तुलनामा १ प्रतिशतले घटेको छ । यो पछिल्लो तीन वर्षयताकै उच्च गिरावट हो ।  

लगानीकर्ताहरूमा चिन्ता बढेको देखिएको छ, विशेष गरी भारतीय मिसाइल आक्रमणपछि पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा तनाव चुलिएको हो। दुबै देशले एकअर्कामाथि ड्रोन हमला गरेको आरोप लगाएका छन्।

प्रकाशित: २५ वैशाख २०८२ १७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App