१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफ्नो कर्तव्य पूरा गर्न नसकेपछि दक्षिण कोरियाका अर्थमन्त्री चोइले दिए मन्त्री पदबाट राजीनामा

दक्षिण कोरियाका अर्थमन्त्री चोइ साङ मोकले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यबाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजीनामा दिने तयारी भएको र उनको स्थानमा चोइले कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिने तयारी भइरहेका समय उनको अकस्मात मन्त्री पदबाट राजीनामा आएको हो।

उनले अर्थमन्त्रीका रूपमा दिएको राजीनामा सरकारले स्वीकृत गरेको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'चोइको राजीनामा स्वीकृत भएको छ।'

कार्यबाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यबाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजीनामा दिने तयारी भएको र उनको स्थानमा चोइले औपचारिक रूपमा राजीनामा दिने कार्यक्रम रहेको थियो।

चोइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गम्भीर आर्थिक परिस्थितिका बीच आफ्नो कर्तव्य पूरा गर्न कठिन भएकाले म आफ्नो पदबाट राजीनामा दिएको छु। तोकिएको जिम्मेवारीलाई निरन्तरता दिन नसकेकोमा म यसका लागि क्षमा प्रार्थी छु।'

देशको सर्वोच्च अदालतले राष्ट्रपतिका प्रत्यासी ली जे–म्युङलाई निर्वाचन कानुन उल्लङ्घन गरेको अभियोगमा दोषी नठहर्याएपछि विपक्षी सांसदहरूले चोइविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनले राजीनामा दिएका हुन्। हानले चोइको राजीनामा स्वीकृत गरेपछि चोइविरुद्धको महाभियोगको प्रस्तावमाथिको मतदान रोकिएको छ।

'चोइको राजीनामाको सूचना आइसकेको छ। हामी महाभियोगको मतदान स्थगित गर्दैछौं,' नेसनल एसेम्बलीका सभामुख वू वोन–सिकले भने।

गत डिसेम्बरमा पूर्व राष्ट्रपति युन सुक योलले सैनिक शासनको घोषणा गरेपछि दक्षिण कोरियामा छाएको राजनीतिक अनिश्चितताबीच अर्थमन्त्री चोइको राजीनामाले देशमा थप राजनीतिक अनिश्चितता आएको छ।

मध्यरातमा हानले पदबाट राजीनामा दिएपछि कार्यबाहक राष्ट्रपति चोइलाई उनको जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो।

उाको राजीनामासँगै अब नेतृत्व शिक्षामन्त्री ली जु–होको काँधमा आएको छ। उनलाई जुन ३ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि चुनावी प्रक्रियाको व्यवस्थापनको जिम्मेवारी दिइनेछ। एएफपी

प्रकाशित: १८ वैशाख २०८२ २१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App