२६ वैशाख २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुस र युक्रेन शान्ति सम्झौताको नजिक : राष्ट्रपति ट्रम्प

रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गरेका छन्। ट्रम्पले रुस र युक्रेन सम्झौताको निकै नजिक पुगेको बताएका छन्।

अमेरिकी विशेष दूत स्टिभ ह्विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको भेटवार्ताको केही घण्टापछि ट्रम्पले यो दाबी गरेका हुन्।

रुसी नेता पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ ह्विटकोफबीचको वार्ता ‘रचनात्मक र फलदायी’ भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास सफलतापूर्वक अघि बढिरहेको बताएका छन्।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति भिडियो सम्बोधनमा भनेका छन्, ‘रुसलाई बिनाशर्त युद्धविराम स्वीकार गर्न वास्तविक दबाब दिन आवश्यक छ।’

पुटिनले जेलेन्स्कीसँग सशर्त वार्ता गर्न तयार रहेको हालै सङ्केत गरेका थिए।

प्रकाशित: १३ वैशाख २०८२ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App