१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण मेक्सिकोमा ५.५ म्याग्निच्युडको भूकम्प, राजधानीमा पनि धक्का

मेक्सिकोको दक्षिणी राज्य ओआक्साकामा स्थानीय समय अनुसार शुक्रबार साँझ ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार यो भूकम्प सान मिगुएल अचिउटला नजिकै ६४ किलोमिटर गहिराइमा गएको थियो। भूकम्पको कम्पन मेक्सिको सिटीमा समेत महसुस भएको थियो। 

भूकम्पपछि सतर्कताका लागि मानिसहरू केही समय सडकमा निस्किएका थिए। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले सामाजिक सञ्जाल एक्समा लेख्दै कुनै क्षति नभएको जानकारी दिइन्। ओआक्साकाका गभर्नरले पनि हालसम्म कुनै ठूलो क्षति नभएको भनेका छन्।

प्रकाशित: २ चैत्र २०८१ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App