३ चैत्र २०८१ आइतबार
image/svg+xml ६:५६ पूर्वाह्न
अन्तर्राष्ट्रिय

मार्च १९ मा अन्तरिक्षबाट पृथ्वीमा फर्कँदै सुनिता विलियम्स

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स चार दिनपछि अर्थात् मार्च १९ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) बाट पृथ्वीमा फर्कने छिन्। लामो समयको प्रतीक्षापछि एलोन मस्कको अन्तरिक्ष एजेन्सी स्पेसएक्सको रकेट फाल्कन ९ शुक्रबार प्रक्षेपण गरिएको थियो।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसलाई फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरेको हो। यसमा क्रू ड्र्यागन क्याप्सुलसँग जोडिएको चार सदस्यीय टोली आईएसएसको लागि प्रस्थान गरेको छ। यो मिसनलाई क्रू-१० नाम दिइएको छ।

सुनिता र उनका साथी बुच विल्मोर नौ महिनादेखि आइएसएसमा अलपत्र छन्। उनको अन्तरिक्ष यानमा प्राविधिक गडबडी भएका कारण उनको फिर्ता समयमै हुन सकेन।

नयाँ टोलीमा नासाका एनी म्याक्लेन र निकोल आयरेस, जापानी अन्तरिक्ष एजेन्सी जाक्साका ताकुया ओनिशी र रूसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ समावेश छन्। यी चार अन्तरिक्ष यात्रीहरू आईएसएस पुग्ने छन् र सुनिता विलियम्स, बुच विल्मोर र क्रू-९ का अन्य दुई सदस्यहरूलाई प्रतिस्थापन गर्ने छन्।

क्रू-१० को अन्तरिक्ष यान मार्च १५ मा ISS मा डक हुनेछ, जहाँ केही दिनको समायोजनपछि तिनीहरू पुनः सञ्चालनमा आउने छन्। यसपछि क्रू-९ मिसन मार्च १९ पछि जुनसुकै बेला फर्कने छ।

बोइङको स्टारलाइनर विमानमा आएको गडबडीले ८ दिनको यात्रालाई ९ महिनाको यात्रामा परिणत गराएको थियो।

सुनिता विलियम्स र बुच विल्मोरले बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा यात्रा गरे। यो मिसन केवल ८ दिनको लागि थियो तर प्राविधिक गडबडीका कारण यो ९ महिनासम्म अन्तरिक्षमा रहनुपर्‍यो। यद्यपि, स्टारलाइनर अन्तरिक्षयान पछि कुनै ठूलो अतिरिक्त समस्या बिना खाली फर्किएको थियो। एजेन्सी

प्रकाशित: २ चैत्र २०८१ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App