अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा किन्न र स्वामित्वमा राख्न प्रतिवद्ध रहेको दोहोर्याएका छन्।
संयुक्त राज्य अमेरिकाले युद्धग्रस्त एन्क्लेभलाई मध्य पूर्वका अन्य राष्ट्रहरूलाई पुनर्निर्माण गर्न दिनसक्ने उनको भनाइ रहेको थियो। ट्रम्पले नेशनल फुटबल लिग सुपर बाउल च्याम्पियनशिपमा भाग लिन लुइसियानाको न्यु अर्लिन्स जाँदै गरेको एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै यो टिप्पणी गरेका हुन्।
गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगै ह्वाइट हाउसमा ट्रम्पले संयुक्त राज्य अमेरिकाद्वारा गाजाको दीर्घकालीन स्वामित्व प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई लिएर विश्वव्यापी रुपमा आलोचना भएको छ। धेरै अरब राष्ट्रहरू साथै युरोपमा रहेका अमेरिकी सहयोगीहरूले यसको विरोध गरेका छन्। सिन्ह्वा
प्रकाशित: २९ माघ २०८१ ११:१५ मंगलबार