१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्ली चुनाव : आपलाई झट्का, केजरीवाल र सिसोदिया पराजित

२७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) पुनरागमन गर्दैछ। यसपटक निर्वाचनमा आम आदमी पार्टी (आप) ले ठूलो हार ब्यहोर्नु परेको छ। आपका धेरै शीर्ष नेताहरूले चुनाव हारेका छन्। 

पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल नयाँ दिल्ली सिटबाट पराजित भएका छन्। पूर्व उपमुख्यमनत्री मनिष सिसोदियाले जंगपुरा सिटबाट पनि हार बेहोरेका छन्। तर मुख्यमन्त्री आतिशीले कालकाजी सिटबाट चुनाव जितेकी छिन्। 

निर्वाचन आयोगको तथ्याङ्क अनुसार, भाजपाले बहुमत प्राप्त गर्ने देखिन्छ। राजधानीमा ७० सिटका लागि फेब्रुअरी ५ (बुधबार) मतदान भएको थियो। कांग्रेसले एक सिट पनि पाएको छैन। 

यो पनि पढ्नुहोस्

२७ वर्षपछि दिल्लीमा भाजपा सरकार : पछ्याउँदै आप, कांग्रेस कहाँ छ ?

यसैबीच, केजरीवाललाई पराजित गर्ने भाजपा उम्मेदवार प्रवेश वर्मा अमित शाहलाई भेट्न पुगेका छन्। दिल्लीस्थित भाजपा मुख्यालयमा उत्सव जारी छ। प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुग्ने र कार्यकर्ताहरूलाई भाषण दिने जनाइएको छ। 

प्रकाशित: २६ माघ २०८१ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App