२५ फाल्गुन २०८१ आइतबार
image/svg+xml ७:२० पूर्वाह्न
अन्तर्राष्ट्रिय

चिनियाँ टीभी जापानमा लोकप्रिय

यस्ताे पनि!

कुनै समय थियो, जापानीहरूबीच चिनियाँहरूको छवि उति राम्रो थिएन। सबैभन्दा बढी हेपिएका जातिमध्ये चिनियाँ थिए। चिनियाँ मात्र होइन, चिनियाँ उत्पादन पनि सबैभन्दा कमसल रूपमा चिनिन्थ्यो। त्यसैले जापानमा तिनले बजार पाउनु दुर्लभ नै ठानिन्थ्यो।

पछिल्लो समय भने त्यो छवि मेटिन थालेको छ। जापानीहरू आफ्ना टेलिभिजन सेटभन्दा चिनियाँ सेटप्रति आकर्षित हुन थालेका छन्। हालै जारी एक तथ्यांकअनुसार, जापानमा लोकप्रिय रहेका टेलिभिजनहरू अब सोनी, पानासोनिक, सामसङ वा एलजी मात्र रहेनन्। ती ब्रान्डको तुलनामा निकै सस्ता चिनियाँ टेलिभिजन सेटहरूले जापानी र कोरियाली ब्रान्डलाई पछार्न थालेका छन्।

सन् २०२३ मा फ्ल्याट स्क्रिन टीभीहरू जति बिक्री भए, तीमध्ये आधा टीभी चीनले बिक्री गरेको पाइएको छ। गुणस्तरीय सामग्री महँगोमा बेचिरहेका जापानीहरूको तुलनामा चिनियााहरूले गुणस्तरीय सामग्री जापानी र कोरियालीभन्दा निकै सस्तोमा बजारमा पाइन थालेपछि तिनको बिक्री बढेको हो।

अति उम्दा प्रविधि प्रयोग गरिएका चिनियाँ टेलिभिजन उत्पादक कम्पनीहरू हाइसेन्स, टीसीएल र साओमीले आफ्ना सेटमा आर्टिफिसियल इन्टेलिजेन्ससमेत जोडेर बिक्री गर्न थालेका छन्। उनीहरूले लगभग एलसीडी स्क्रिनयुक्त टेलिभिजनको दाममै एलओडी जस्तो नवीनतम प्रविधियुक्त टेलिभिजन बेच्न थालेपछि जापानी र कोरियाली टेलिभिजनको बजार आधाभन्दा बढी कब्जा गर्न पुगेका हुन्।

पछिल्लो समय चीनले अन्य प्रविधिसँगै टेलिभिजनलाई पनि गुणस्तरयुक्त बनाउन ठूलो लगानी गरिरहेको छ। विगत पाँच वर्षमा चिनियाँ टीभी उत्पादकहरूले टीभी पर्दालाई रोचक, प्रष्ट र लोभलाग्दो बनाउन नवीनतम प्रविधिहरू जन्माइरहेका छन्। ती प्रविधिको प्रयोगले जापानजस्तो उच्च गुणस्तर मात्र रुचाउने देशले चिनियाँ सामग्रीमा रुचि राख्न थालेको द फाइनान्सियल टाइम्ले जनाएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २० माघ २०८१ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App