१४ फाल्गुन २०८१ बुधबार
image/svg+xml १:२० पूर्वाह्न
अन्तर्राष्ट्रिय

सिरियामा अल-शारा राष्ट्रपति नियुक्त, वार्ता गर्न पुगे कतारी अमिर

सिरियाको सैन्य सञ्चालन प्रशासनले सङ्क्रमणकालीन अवधिमा अहमद अल–शारालाई राष्ट्रपति नियुक्त गर्ने घोषणा गरेको छ।  

अल–शारालाई अब स्थायी संविधान अनुमोदन नभएसम्म अन्तरिम व्यवस्थापिका परिषद् स्थापना गर्ने अधिकार हुनेछ।  प्रवक्ता हसन अब्दुल घानीले भने कि अल–शारा अन्तरिम राष्ट्रपतिको रूपमा काम गर्नेछन्।  अन्तर्राष्ट्रिय मञ्चहरूमा सिरियाको प्रतिनिधित्व गर्नेछन्।  

उनले सबै सैन्य गुटहरू र क्रान्तिकारी राजनीतिक निकायहरूलाई राज्य संस्थाहरूमा एकीकरणको साथ तुरुन्तै विघटनको घोषणा पनि गरेका छन्।  ४३ वर्षीय अल–शाराले २०१७ देखि एचटिएसको नेतृत्व गर्दै आएका छन्। 

गत वर्ष असद शासनको पतन र सिरियाली सङ्क्रमणकालीन सरकारको स्थापनामा प्रमुख भूमिका खेलेका थिए। अन्तरिम विदेशमन्त्री असद हसन अल–शिबानीले अरब सहयोग र क्षेत्रीय तनाव कम गर्ने कुरामा केन्द्रित वाह्य देखिने विदेश नीतिमा जोड दिएका छन्। 

यसबीच कतारका अमिर शेख तमिम बिन हमद अल थानी पहिलो अरब नेताको रुपमा सिरियाको अन्तरिम नेतृत्वसँग वार्ता गर्न बिहीवार दमास्कस पुगेका छन्। 

थानीलाई दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा सिरियाली अधिकारीहरूले स्वागत गरेका थिए। अधिकारीहरूले एजेण्डा खुलासा नगरे पनि सिरियाली मिडियाले छलफल आर्थिक सहयोगमा केन्द्रित हुने सम्भावना रहेको बताएको छ। सिन्ह्वा

प्रकाशित: १८ माघ २०८१ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App