२५ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महाभूकम्पको २४ घण्टा : चीनमा ५१५ वटा परकम्प

चीनको तिब्बतमा मंगलबार आएको विनाशकारी भूकम्पपछि २४ घण्टामा ५१५ वटा परकम्प महसुस गरिएको छ। स्थानीय समयानुसार बुधबार बिहान ८ बजेसम्म ५१५ वटा परकम्प गएका छन्। 

चीन भूकम्प सञ्जाल केन्द्रलाई उद्धृत गर्दै चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले परकम्पमा सबैभन्दा ठूलो ४.४ म्याग्निच्युडको रहेको बताएको छ। मंगलबार आएको भूकम्पले कम्तीमा १२६ जनाको ज्यान लिएको छ। हजारौँ भवन क्षतिग्रस्त भएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्।

भूकम्पको केन्द्रबिन्दु नेपालसँगको सीमा नजिक, सगरमाथाको उत्तरमा रहेको तिङरी काउन्टीमा थियो। चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार र पुनर्वासको आह्वान गरेका छन्। 

यो सन् २०१४ पछिको चीनको सबैभन्दा घातक भूकम्प हो। सन् २०१४ मा आएको भूकम्पमा दक्षिण–पश्चिमी युनान प्रान्तमा छ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रकाशित: २४ पुस २०८१ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App