२४ पुस २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा बढ्दै एचएमपीभी संक्रमण, चार राज्यमा फैलियो

भारतमा ह्यूमन मेटान्युमोभाइरस (एचएमपीभी) भाइरसको संक्रमण थप बढ्न थालेको छ। भारतमा यसबाट संक्रमित हुनेको संख्या ८ पुगेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। 

मंगलबार, महाराष्ट्रको नागपुरमा २ घटनाहरू रिपोर्ट गरिएको हो। दैनिक भास्करका अनुसार १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ। दुवै बालबालिकालाई लगातार रुघाखोकी र ज्वरो आएको थियो। त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको हो। तर, उनीहरूलाई अस्पताल भर्ना गर्नु परेन। उपचारपछि उनीहरूको अवस्था सामान्य रहेको छ।

यसअघि सोमबार भारतको कर्नाटक र तमिलनाडुमा चार जना, पश्चिम बङ्गाल र गुजरातमा दुई जना गरी कुल ६ जनामा भाइरसको सङ्क्रमण देखिएको थियो। संक्रमित सबै बालबालिका हुन्। 

भारतका चार राज्यमा एचएमपीभी संक्रमित भेटिएपछि स्वास्थ्यमन्त्री जेपी नड्डाले यो भाइरस सामान्य भएको र यसबाट आत्तिनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: २३ पुस २०८१ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App