१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भीडमा पिकअप ट्रक चलाएर हत्या गरेको केही घन्टापछि ट्रम्प होटल बाहिर टेस्ला कारमा विस्फोट

अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भीडमा पिकअप ट्रक चलाइँदा कम्तीमा १५ जनाको मृत्यु भएको घटनाको केही घन्टापछि अमेरिकाकै लस भेगासस्थित ट्रम्प होटल बाहिर एउटा साइबर टेस्ला कार ट्रक विस्फोट भएको छ।

पटकाहरू तथा इन्धन भरिएका टिनका भाँडाहरू राखिएको उक्त कार विस्फोट भएको त्यहाँको प्रहरीले जनाएको छ। विस्फोटनपछि अनुसन्धान थालिएको छ।

उक्त विस्फोटनका कारण त्यसमा रहेका चालकको ज्यान गएको छ भने अन्य सात जना मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।

ट्रक कोलोराडोमा भाडामा लिइएको थियो र बुधबार बिहान उक्त गाडी लस भेगसमा आइपुगेको थियो। प्रहरीका अनुसार विस्फोटन हुनुभन्दा दुई घण्टाअगाडि मात्र आएको उक्त गाडी होटलको प्रवेशद्वार अगाडि राखिएको थियो। 

यस्तै टेस्ला साइबरट्रकमा भएको विस्फोट र न्यू अर्लिन्समा भएको घटना कुनै न कुनै रूपमा सम्बन्धित हुनसक्ने टेस्लाका मालिक तथा अर्बपति इलोन मस्कले बताएका छन्। एपी

प्रकाशित: १८ पुस २०८१ १०:१६ बिहीबार

#NagarikNews #International Affairs