६ पुस २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा सिरियाका नयाँ नेतामाथिको एक करोड डलर इनाम फिर्ता

अमेरिकाले सिरियाका विद्रोही समूह हयात तहरीर अल–शामका प्रमुख अहमद अल–शारामाथि राखेको एक करोड डलर बराबरको इनाम हटाउने निर्णय गरेको छ।

यो कदम अमेरिकी प्रतिनिधिमण्डलका वरिष्ठ कूटनीतिज्ञ र हयात तहरीर अल–शामका प्रतिनिधिहरूसँगको भेटपछि उठाइएको हो। अमेरिकाले अहमद अल–शरालाई आतंकवादी संगठन अल–कायदासँगको सम्बन्धका कारण उक्त इनाम राखेको थियो।  

अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफले शारासँगको वार्ता फलदायी र शरालाई व्यावहारिक भएको बताइन्। अमेरिकी प्रतिनिधिमण्डल सिरियाली राष्ट्रपति बसर अल असद सत्ताबाट हटेपछि सिरिया पुगेको हो। अमेरिकाले अझै पनि हयात तहरीर अल–शामलाई आतंकवादी संगठनको रूपमा हेरिरहेको बीबीसीले उल्लेख गरेको छ। 

प्रकाशित: ६ पुस २०८१ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App