२९ पुस २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कार्यकाल सकिनै लाग्दा बाइडेनका सहायक विदेशमन्त्री नेपाल आउने

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । दक्षिण र मध्य एसियाका लागि बाइडेन प्रशासनका प्रमुख अधिकारी लु, जो दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री हुन्। 

उनले डिसेम्बर ३ देखि १० सम्म भारत, श्रीलंका र नेपालपय भ्रमण गर्नेछन्। यो भ्रमण क्षेत्रीय समृद्धि र सुरक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले हुन लागेकाे छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार दक्षिण एसियाका प्रमुख साझेदारहरूसँगको सहकार्यलाई सुदृढ गर्ने लक्ष्यसहित भ्रमण हुन लागेकाे हाे।  

नयाँ दिल्लीबाट सुरु हुने भ्रमणमा लुले अमेरिका–भारत सहयोगलाई समर्थन गर्ने र इन्डो–प्यासिफिक क्षेत्रका मुद्दामा चर्चा गर्नेछन्। त्यसपछि श्रीलंकामा आर्थिक वृद्धि, भ्रष्टाचारविरुद्ध लडाइ र जनतालाई सशक्त बनाउन संयुक्त अमेरिकी प्रयासहरूलाई अगाडि बढाउनेछन्।

उनको भ्रमणको अन्त्य नेपालमा हुनेछ। नेपालमा हुँदा लुले वातावरण संरक्षण, महिला सशक्तिकरण र दिगो विकासका विषयमा छलफल गर्नेछन्। यस भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपालको सांस्कृतिक सम्पदा र पर्यटनको महत्त्वलाई जोड दिने विश्वास गरिएको छ।  

राष्ट्रपति जो बाइडेनको कार्यकाल सकिन केही साता बाँकी रहेको छ। नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहीँ जनवरी २० तारिखमा शपथ लिँदैछन्। त्यसअघि बाइडेनले आफ्ना सहायक विदेशमन्त्रीलाई नेपाल पठाएका हुन्। 

यसअघि पनि डोनाल्ड लु तीनपटक नेपाल भ्रमण गरिसकेका छन्, र पछिल्लो पटक उनी गत वर्ष असार २९ गते नेपाल आएका थिए।

 

प्रकाशित: १८ मंसिर २०८१ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App