१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

७० जना सवार डुङ्गा पल्टिँदा २४ जनाको मृत्यु

पूर्वी अफ्रिकी देश माडागास्करको तटमा दुईवटा डुङ्गा पल्टिँदा २४ जनाको मृत्यु भएको छ। 

स्थानीय अधिकारीलाई उदृधत गर्दै बीबीसीले ज्यान गुमाउने अधिकांश व्यक्तिहरू सोमालियाका नागरिक रहेको बताएको छ। सोमालियाको विदेश मन्त्रालयले बाँकी रहेका जीवित नागरिकको सुरक्षित उद्धार सुनिश्चित गर्न प्रयास गरिरहेको भनेको छ। 

दुवै डुङ्गामा जम्मा ७० जना सवार थिए। एक वरिष्ठ सरकारी अधिकारीले मछुवारको टोलीले उद्धार कार्यमा सक्रिय भूमिका खेलेको बताएका छन्।

बढ्दो बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवाहरू युरोप जानको लागि जोखिमपूर्ण यात्रा गर्दै आएका छन्। माडागास्करका अधिकारीहरूका अनुसार ज्यान गुमाउने अधिकांश व्यक्तिहरू आप्रवासी थिए।

प्रकाशित: १० मंसिर २०८१ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App