१९ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी मिसाइल आक्रमणको डरले संसद् बैठक स्थगित

युक्रेनको राजधानी किभमा रुसी मिसाइल (क्षेप्यास्त्र) आक्रमणको डरले शुक्रबारको संसद बैठक स्थगित गरिएको छ। 

युक्रेनी सांसद येभगेनिया क्रभचुकले एएफपीसँगको कुराकानीमा संसद बैठक स्थगित गरिएको जानकारी दिए। उनले भने, ‘आगामी दिनहरूमा किभमा आक्रमण तीव्र हुने अपेक्षा गरिएको छ।’

 त्यसअघि युक्रेनी वायुसेनाले रूसले निप्रो सहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको जानकारी दिएको थियो। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि विज्ञप्ति जारी गर्दै रूसले ब्यालेस्टिक मिसाइल जस्तै नयाँ रकेट प्रयोग गरेको छ भने। 

उनले भनेका छन्, ‘रुसी ब्यालेस्टिक मिसाइलद्वारा निप्रोमा गरिएको आक्रमणले रुस युद्धलाई अझ गम्भीर बनाउन चाहन्छ भन्ने स्पष्ट संकेत गर्दछ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले निप्रोमा भएको आक्रमणलाई युक्रेनी आक्रमणको जवाफ भनेका छन्। 

पुटिनका अनुसार, आक्रमण मध्यम दूरीको मिसाइलद्वारा गरिएको थियो, जसको कोड नाम ‘ओराश्निक’ थियो। उनले भने, ‘यो मिसाइल २.५ देखि ३ किलोमिटर प्रति सेकेन्डको गतिमा आफ्नो लक्ष्यमा पुगेको थियो।’

प्रकाशित: ८ मंसिर २०८१ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App