१९ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किशोरीसँग नाम जोडिएपछि गेट्सद्वारा पदत्याग, पाम बोन्डी नयाँ महान्यायाधिवक्ता नियुक्त

<br>

तस्विर : डोनाल्ड ट्रम्प र पाम बोन्डी (२०, मार्च, २०१६ , गेटी इमेज)

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कट्टरपन्थी रिपब्लिकन सांसद म्याट गेट्सलाई आफ्नो महान्यायाधिवक्ता नियुक्त गर्ने निर्णय गरेका थिए, तर गेट्सले आठ दिनपछि आफ्नो नाम फिर्ता लिएका छन्। गेट्सको नाममा रिपब्लिकन पार्टी भित्र विरोध सुरु भएको थियो।  

विशेष गरी गेट्ससँग सम्बन्धित यौन उत्पीडनको मुद्दामा अनुसन्धान गरिरहेको समयमा नामांकनपछि विवाद बढेको थियो। गेट्समाथि १७ वर्षीया किशोरीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ, जसलाई उनले अस्विकार गर्दै आएका छन्। 

बीबीसीका अनुसार गेट्सको नाम फिर्ता लिएका कारण ट्रम्पले अब पाम बोन्डीलाई महान्यायाधिवक्ता नियुक्त गर्ने घोषणा गरेका छन्। पाम बोन्डी फ्लोरिडाकी पूर्व महान्यायाधिवक्ता समेत रहेकी उनी ट्रम्पको वकिल पनि हुन्।

 उनको घोषणापछि ट्रम्पले भनेका छन्, ‘पाम बोन्डीले २० वर्षसम्म वकिलको रूपमा कार्य गरेका छिन्। हिंसात्मक अपराधीहरू विरुद्ध कडा कदम चालेर फ्लोरिडाको सडकहरूलाई सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी छन्।’ बोन्डीको रेकर्ड राम्रो छ, उनी ट्रम्पको वफादार सहयोगी पनि हुन्।

प्रकाशित: ७ मंसिर २०८१ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App