२ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मणिपुरमा पुन हिंसा भड्कियो,मोदी गम्भीर नभएको राहुल गान्धीको आरोप

भारतको मणिपुर राज्यमा पुन हिंसा भड्किएपछि कर्फ्यू लगाइएको छ। मणिपुर र आसामको सीमा नजिक पर्ने जिरी नदीमा शुक्रबार एक महिला र दुई बालबालिकाको शव भेटिएपछि मणिपुरमा फेरि हिंसा भड्किएको हो। 

बीबीसी हिन्दीका अनुसार मणिपुरमा शनिबार एक भीडले इम्फाल उपत्यकाका धेरै सांसद र मन्त्रीहरूको घरमा आक्रमण गरेको छ। भीडले धेरै गाडीमा आगजनी समेत गरेको छ। 

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले मणिपुरको अवस्थालाई लिएर सरकार गम्भीर हुनुपर्ने माग गरेका छन्। एक्समार्फत प्रतिकृया जनाउँदै गान्धीले मणिपुरमा हालैका हिंसात्मक झडप र निरन्तर रक्तपातले गहिरो चिन्ता बढाएको भनेका छन्। 

विभाजन र पीडाको एक वर्ष भन्दा लामो समयपछि पनि केन्द्र र राज्य सरकारले समाधान नखोजेको उनको आरोप छ। गान्धीले भनेका छन्, ‘म प्रधानमन्त्री (नरेन्द्र मोदी)लाई फेरि एक पटक मणिपुरको भ्रमण गर्न, सो क्षेत्रमा शान्ति र सुधारका लागि काम गर्न आग्रह गर्दछु।’ 

इम्फाल पश्चिमका प्रहरी उपरीक्षक मेघचन्द्रले पनि इम्फाल उपत्यकामा भीडले हिंसा भड्काएको बताए। उनले भने, ‘जिल्लामा बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै कर्फ्यू लगाइएको छ। संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।’

प्रकाशित: २ मंसिर २०८१ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App