स्थानीय तह उपनिर्वाचन-२०८१ मा ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा आइतबार उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार उनी विरुद्ध कसैको पनि उम्मेदवारी नपरेकाले कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन।
आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गर्ने व्यक्ति अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
प्रकाशित: २ मंसिर २०८१ १८:३९ आइतबार